काठमाडौं । कोरोना परीक्षणमा सरकारले ठूलो धनराशी खर्चिएको छ । एक जना कोरोना संक्रमित भेटाउन सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जनाएको छ ।
हालसम्म नेपालमा ५ लाख ७९ हजार ८ सय ९९ जनाको कोरोनाको पिसिआर परीक्षण भएको छ । उक्त परीक्षण गर्दा सरकारको ढुकुटीबाट ३ अब १८ करोड ९४ लाख रुपैयाँ खर्च भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । ‘एक जनाको कोरोना पत्ता लगाउन राज्यले १ लाख रुपैयाँ भन्दा बढी खर्च गर्नुपरेको छ,’ उनले भने । नेपालमा शुक्रबारसम्म ३० हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना परीक्षणमा राज्यले धेरै लगानी गरेपनि सर्वसाधरणले सतर्कता नअपनाएको प्रति उनले दुखेसो पोखे । निशेधाज्ञाको पूर्ण पालना गरी घरमै सुरक्षित रहन गौतमले आग्रह गरेका छन् । ‘बाहिर निस्कनै परे सतर्कता अपनाएर मात्रै निस्कनु होला,’ उनले भने ।
Comments are closed.