एक तोला सुनको मूल्य एक लाख नजिक

काठमाडौं । पछिल्लो साता नेपाली बजारमा सुनको मूल्य निरन्तर उकाली लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य बढेर प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रति तोला ७ सय रुपैयाँ मूल्य बढेको हो । चाँदीको मूल्यमा प्रतितोला ३५ रुपैयाँ बृद्धि भएको छ । आज चाँदी तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.