एक दिने निशुल्क स्वास्थ्य शिविर अर्मलामा

पोखरा, ४ फागुन
रोट्ररी क्लब अफ पोखरा फिस्टेल, रोट्र¥याक्ट क्लब अफ पोखरा, फिस्टेल एवं ईनोभेटीभ् कम्युनिटिज अर्गनाइजेसन(आई.सि.ओ)फाउन्डेसन को आयोजनामा अन्नपुर्ण मा.वि, अर्मलामा शनिबार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  शिविरमा विभिन्न रोग विशेषज्ञ चिकित्सकहरुद्धारा ३ सय बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

शिविरमा स्त्री रोग, दन्त सेवा, बच्चाको मुटुको जाँच साथै आँखा परिक्षण पनि गरिएको थियो । उक्त शिविरले गर्दा रोगलाई पहिचान गर्न र सेवासुधिा गाउँठाउँमा नै निशुल्क उपलब्ध एक दिने शिविरले पनि सहयोग पुर्याएको प्रति आयोजकलाई अन्नपुर्ण मा.विका प्राचार्य माधव बरालले धन्यवाद व्यक्त गरे ।
सेवा दिने लक्ष्य सहित स्थापित संस्था रोटरीले दुरदराजमा रहेका गाउँठाउँलाई सेवा प्रदान गर्न पाएको प्रति रोट्ररी क्लब अफ पोखरा, फिस्टेलका पुर्व अध्यक्ष रो.विनोद कोइरालाले खुसी प्रकट गरे ।

सोही कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रो. लक्ष्मी थापा गिरी, कोषध्यक्ष रो. लक्ष्मी कुँवर, भाईस प्रेसिडेन्ट रो.रमेश प्रसाद कोइराला, एक्टिभ मेम्भरहरुमा स्त्री तथा प्रसुति बिशेषज्ञ डा.निरज कुमार दुवे, डा. प्रेम बहादुर थापा, रो. गोपाल प्रसाद बराल, बाल रोग बिशेषज्ञ डा. नम्रता के.सी र संस्थाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो
उक्त शिविर संचालन गर्नका निम्ति जयन्ती स्मृति प्रतिष्ठान, एस स्माईल डेन्टल क्लिनिङक–ग्र्रह्रापाटन, एनईसिएलएपिए पोखरा र नव देउराली क्लब, अर्मलााले सहयोग गरेको थियो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.