एक लाख घुससहित यसरी अख्तियारको फन्दामा परे स्वास्थ्य निर्देशक पौडेल

आर्थिक आवाज
पोखरा, १६ मंसिर । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेललाई अख्तियारले पक्राउ गरेको छ । १ लाख रुपैयाँ घुससहित उनी आइतबार साँझ अमरसिंहचोकबाट पक्राउ परेका हुन् ।

घुस लिने क्रममा उनलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले रंगेहात पक्राउ गरेको हो । लोकसेवा आयोगमा परीक्षा दिएका परीक्षार्थीलाई पास गराइदिन्छु भन्दै उनले घुस लिएको अख्तियार श्रोतले जनाएको छ ।

You might also like

Comments are closed.