पोखरा । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले शैक्षिक परामर्श व्यवसाय संचालन गर्ने वातावरण बनाउन माग गरेको छ । सुरक्षित भएर व्यवसाय गर्न पाउनुपर्ने मागसहित इक्यान कास्कीले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई आइतबार ज्ञापनपत्र बुझाएको छ ।
सरकारले लागु गरेका सुरक्षाका मापदण्ड पुरा गरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग व्यवसायीको छ । वैदेशिक अध्ययनको लागि शैक्षिक परामर्श प्रदान गरी सहजीकरण गर्ने व्यवसाय भएकाले अनलाइनमार्फत नै धेरै काम हुने इक्यान कास्कीले ज्ञापन पत्रमा उल्लेख गरेको छ । कार्यालयमा धेरै भिड नहुने भएकाले सहज रुपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले बताए । केही सीमित कामको लागि मात्र कार्यालय उपस्थित हुनुपर्ने भएकाले तोकिएका स्वास्थ्य मापदण्ड पुरा गरी व्यवसाय सञ्चालन गर्न सकिने उनले बताए ।
शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनमा जाने विद्यार्थीले लिने अध्ययन अनुमतीपत्र अनलाइन मार्फत जारी गर्न शुरु गरिएको, अध्यागमन विभाग, दुतावास, भि एफ एस लगायत सवै खुलेकाले विद्यार्थीको सहजीकरणका लागि व्यवसाय सञ्चालन गर्नुपर्नेे सचिव रुद्रप्रसाद अर्यालले बताए ।
Comments are closed.