‘एजुकेसन डे’ मा भिसा प्रोसेसिङ सम्बन्धी जानकारी

पोखरा, २१ फागुन । लर्निङ हाउसले ‘एजुकेसन डे’ कार्यक्रमको आयोजना गर्न लागेकोे छ । नेपालका लाग अमेरिकी दुतावास (यूएस एम्बेसी) को आयोजना र लर्निङ हाउसको सहकार्यमा फागुन २५ गते दरबारथोक व्याङक्वेटमा कार्यक्रम हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने लर्निङ हाउसका डाइरेक्टर नवाङ्ग गुरुङले जानकारी दिए ।

अमेरिकी वाणिज्य दुतावास भिसा सेक्सन प्रतिनिधि, रिपब्लिका सम्पादक सुभास घिमिरे, लर्निङ हाउस एक्जुक्यूटिभ डाइरेक्टर नवाङ गुरुङ र स्थानीय उद्यमी दोर्जे लामा कार्यक्रमका वक्ता रहनेछन् । कार्यक्रममा सहभागिलाई अमेरिकाको भिसा प्रोसेसिङ सम्बन्धी सम्पूर्ण जानकारी नेपालका लागि अमेरिकी दुतावासका प्रतिनिधि ग्रेस क्यारोलले प्रत्यक्ष प्रदान गर्नुहुने अमेरिकन एम्बेसी प्रतिनिधि मिसेल विल्सले जानकारी दिइन् ।

दरबारथोक व्याङ्क्वेटमा हुने कार्यक्रम विशेषगरी पोखरामा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी अमेरिका अध्ययन गर्न जान चाहने र अध्ययन पश्चात्त अमेरिकाको ज्ञान सीपलाई नेपालको विकास विस्तारमा उपयोग गर्ने व्यक्तिहरुका निमित्त फलदायी हुने लर्निङ हाउसका डाइरेक्टर गुरुङले जानकारी दिए ।

कार्यक्रममा स्कुल कलेज अध्ययन गरि रहेका विद्यार्थी एवं अभिभावक, पत्रकार, प्राध्यापक, शिक्षक सबै जना उपस्थित हुन पाउने गुरुङले बताए । कार्यक्रम उपस्थितिहरुलाई रिफ्ररेसमेन्टका लागि लिगेसी व्याण्डको प्रस्तुतिमा सांगीतिक कार्यक्रम समेत हुने आयोजकले बताएको छ । कार्यक्रम सफल बनाउनको लागि मिडिया पार्टनको रुपमा लेवल नेक्स्टले सहकार्य गर्नेछ ।

You might also like

Comments are closed.