एजुकेसन पार्क नेपालको अब्बल एजुकेसन कन्सल्टेन्सी : पाण्डे

विराज पाण्डे
सञ्चालक, एजुकेसन पार्क

एजुकेसन पार्क नेपालको अब्बल एजुकेसन कन्सल्टेन्सी हो । २०१२ मा स्थापित हाम्रो कन्सल्टेन्सीले हालसम्म हजारौं विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाइसकेको छ । हामीले विशेषगरी अष्टे«लियालाई फोकस गरेका छौं । अष्टे«लिया बाहेक हामीले युके, अमेरिका र क्यानडा पनि पठाउने गछौं । हामी विद्यार्थीलाई बाहिर पठाउनका लागि मात्र होइन, उनीहरुको भविष्य बनाउनका लागि भनेर स्थापित भएका हौं । धेरै कन्सल्टेन्सीहरुले विद्यार्थीहरुलाई जस्तोसुकै कलेज तथा युनिभर्सिटीहरुमा पठाउने गर्छन् तर हामी त्यस्तो गर्दैनौं । हामी विद्यार्थीलाई बाहिर पठाएपछि आफ्नो र देशको लागि पनि केही गर्न सकोस् भन्ने उद्देश्यले उनीहरुलाई यहिं सीप, क्षमता विकास गरेर पठाउँछौं ।

खास गरेर हामीले आईएलटिएस, टोफल र एसएटी क्लासहरु लिन्छौं । हामी टोफल र जिआरईको टेस्ट सेन्टर पनि हौं । त्यसैले विद्यार्थीले हाम्रोमा अध्ययन गरेमा प्राक्टिकल रुपमा पनि धेरै अभ्यास गर्न सक्छन् । जसले गर्दा उसलाई अभ्यस्त बनाउँछ र भोलि हुने परिक्षामा उसले राम्रोसँग उत्तीर्ण गर्छ ।

MANASLU

हामी अहिले काठमाडौंमा सिभिल मलको आठौं र नवौं तलामा छौं । चाँडै हामी चितवनमा टेस्ट सेन्टर खोल्दैछौं भने पोखरा र बुटवलमा पनि खोल्ने तयारीमा छौं । जुनसुकै एजुकेसन कन्सल्टेन्सीमा गएर अध्ययन गर्दा विद्यार्थीको भविष्यमाथि खेलवाड हुने भएकाले हामीले विश्वासिलो, भरपर्दो र आफ्नो भविष्य सुरक्षित गर्ने कन्सल्टेन्सी रोजुन् भनेर पोखरामा हुन लागेको एजुकेसन फेयरमा टाइटल स्पोन्सर गरेका हौं । अध्ययनका लागि विदेश जाने र तिनका अभिभावकले कुन राम्रो हो, कुन नराम्रो हो भनेर छुट्याउनुपर्छ, त्यसको जानकारी दिनु नै हाम्रो उद्देश्य हो । (कुराकानीमा आधारित)

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...