एनआइसीका ग्राहकलाई भारतको अपोलो हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौं । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एशिया बैंक लिमिटेड ग्राहकले भारतको एपोलो हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । बैंक र भारतको नयाँदिल्लीमा रहेको एपोलो हस्पिटलबीच उक्त समझदारीमा सम्झौता भएको हो ।

सम्झौतासँगै अब बैंकका ग्राहकवर्गले एपोलो हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले र एपोलो हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

You might also like

Comments are closed.