एनआइसीको चमत्कारिक घर कर्जा योजना, यस्ता छन् विशेषता र सुविधा

आर्थिक आवाज
पोखरा, ३० भदौ । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले पछिल्लो समय विभिन्न योजनाहरु सार्वजनिक गरिरहेको छ । बैंकले ‘चमत्कारिक सवारी कर्जा’ योजनासँगै ‘चमत्कारिक घर जग्गा कर्जा’ योजना पनि सार्वजनिक गरेको छ ।

चमत्कारिक घर कर्जा योजना अन्तर्गत आफ्नो आम्दानी अनुसार ग्राहक आफैले मासिक किस्ता निर्धारण गर्न सक्ने बैंकका क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले जानकारी दिए । ‘अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि कायम गरिएको छ,’ उनले भने, ‘आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने सुविधा यो योजनामा समावेश छ ।’

कर्जा रकम घटाई नयाँ किस्तार भुक्तानी अवधि कायम गर्न सकिने योे योजनाको मासिक व्याजदर ० दमशमलव ९५ प्रतिशत मात्र रहेको शर्माले बताए । ‘प्रशासनिक सेवा शुल्कमा विशेष छुट प्रदान गरिएको छ,’ उनले भने, ‘आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुनेछ ।’

ग्राहकहरुको हितलाई मध्यनजर गरी यो योजना ल्याइएको बैंकले जनाएको छ । थोेरै कमाई हुनेहरुले पनि लामो समयसम्म भुक्तानी अवधि राखेर आफ्नो घर बनाउन सक्ने शर्मा बताउँछन् ।

You might also like

Comments are closed.