एनआइसीको तीन शाखा विस्तार

काठमाडौं, ३१ साउन । एनआइसी एसिया बैंकले शाखा विस्तारलाई तिब्र बनाएको छ । यसैक्रममा तीन वटा शाखा खुलेका छन् । धादिङको खानीखोला, धार्के र महादेवबेशीशाखामा नयाँ शाखा खोलिएका हुन् ।

बैंकका यसअघि २३७ शाखा, २३० एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १७ वटा शाखारहित बैंकिङ इकाई रहेको छ । बैंकको वासलातको आकार १८१ अर्बभन्दा बढी पुगेको छ । कुल निक्षेप करिब १५३ अर्ब तथा कुल कर्जा करिब १२४ अर्ब रुपैयाँ रहेको छ । बैंकका ग्राहक संख्या करिब १२ लाख १९हजार रहेको छ ।

You might also like

Comments are closed.