एनआइसी एशिया बैंकद्वारा ज्येष्ठ नागरिक मीलन केन्द्रलाई एलइडी टेलिभिजन सहयोग

आर्थिक आवाज

पोखरा । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एशिया बैंकले रामबजार ज्येष्ठ नागरिक मीलन केन्द्र पोखरालाई एलइडी टेलिभिजन सहयोग गरेको छ । बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दीपेन्द्र शर्माले आज एक कार्यक्रमका बीच केन्द्रलाई टिभी हस्तान्तरण गरेका हुन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रलाई टेलिभिजन सहयोग गरिएको शर्माले जानकारी दिए । ‘केन्द्रका वृद्धवृद्धालाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

You might also like

Comments are closed.