आर्थिक आवाज
पोखरा, २८ चैत ।
खोलौं बैंक खाता अभियान २०७६ अन्तर्गत एनआइसी एसियाले बैंकले समृद्ध नेपाल सुखी नेपाली बचत खाता संचालन अभियान शुरु गर्ने भएको छ ।
२०७६ वैशाख १ गतेदेखि यसलाई संचालनमा ल्याईने बैंकले जनाएको छ । खाता खोल्ने व्यक्तिको खातामा बैंकले १ सय रुपैयाँ खातामा जम्मा गरिदिने बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।
बैंकले २८१ शाखा कार्यालय, २८९ एटिएम, ४० एक्स्टेन्सन काउन्टर, २४ शाखा रहित बैंकिङ ईकाई मार्फत बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकका करिव १५ लाख ग्राहक रहेका छन् ।
Comments are closed.