एनआइसी एसियाको ‘चमत्कारिक सवारी कर्जा योजना’

आर्थिक आवाज
पोखरा, २६ भदौ । निजी क्षेत्रको सबै भन्दा ठूलो बैंक एनआइसी एसियाले ‘चमत्कारिक सवारी कर्जा योजना’ ल्याएको छ । १५ वर्षसम्ममा किस्ता तिर्न सकिने गरी सवारी कर्जा लिन सकिने बैंकका क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले जानकारी दिए ।

ऋणिसँग पैसा हुँदा एकैपटकमा घटाउन समेत सकिने शर्माले बताए । लोन लिँदा सुरुमा शून्य दशमलव २५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने बैंकले जनाएको छ । ‘बीचमा लोन तिर्दा सेवा शुल्क लाग्दैन, इच्छा अनुसार किस्ता परिवर्तन गर्न सकिन्छ,’ शर्माले भने, ‘मासिक शूल्य दशमलव ९ प्रतिशत व्याजदरमा सवारी कर्जा लिन सकिन्छ ।’

उक्त योजना सीमित अवधिका लागि मात्र लागु हुने बैंकले जनाएको छ । थोरै कमाई भएर पनि गाडी चढ्न चाहनेहरुका लागि र महङ्गो गाडी चढ्न चाहने दुवैका लागि यो योजना निकै प्रभावकारी हुने बैंकको विश्वास छ ।

You might also like

Comments are closed.