एनआइसी एसियाको नयाँ शाखा पोखराको बगरमा

आर्थिक आवाज
पोखरा, ११ माघ । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एशिया बैंकको नयाँ शाखा कार्यालय पोखराको बगरस्थित ट्याक्सीचोकमा खुलेको छ । शाखाको शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले उद्घाटन गरे । दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको एनआइसी एसिया बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलीकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याएको पौडेलले उक्त अवसरमा बताए ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ७५ शाखा कार्यालयमार्फत बैंकले वित्तीय सेवा प्रदान गर्न सफल रहेको बैंकका गण्डकी प्रदेशका क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले बताए । २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ इकाई मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको उनले बताए ।

एनआइसी एसिया मुलुककै सबैभन्दा धेरै शाखा सञ्जाल भएको बैंक हो । बैंकको वासलातको आकार रू. २१६ अर्ब भन्दा बढि पुगेको छ । निक्षेप करिब रू. १७५ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगेको बैंकका नायब प्रमुख सूचना अधिकृत अर्जुन राजखनियाले बताए । ‘निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छौं,’ उनले भने ।

हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको बताइएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ उनले बताए । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.