एनआइसी एसियाको प्रमुख कार्यकारी अधिकृत बने रोशनकुमार न्यौपाने

आर्थिक आवाज
पोखरा, १६ मंसिर । एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । आइतबार बसेको बैंकको बोर्ड बैठकले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

न्यौपाने यस अगाडि बैंकको कार्यबहाक प्रमुख कार्यकारी अधिकृत थिए । सानो उमेरमा कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न सफल न्यौपानेले बैंकलाई थप शक्तिशाली बनाउने विश्वास गरिएको छ ।

लक्ष्मण रिसालले राजिनामा दिएपछि न्यौपाने ९ महिना अगाडि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत बनेका हुन् । बैंकका अध्यक्ष तुलसीराम अग्रवालले आइतबारै न्यौपानेलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

२ सय ६८ वटा शाखा सञ्चाल रहेको बैंकका २ सय ८० वटा एटिएम छन् । ३८ वटा एक्सटेन्सन काउण्टर, १९ वटा शाखा रहित बैंकिङ इकाइ छन् । बैंकसँग १६९ अर्ब निक्षेप छ भने ऋण लगानी १४४ अर्ब रुपैयाँ छ । बैंकको ग्राहक संख्या १३ लाख ५० हजार भन्दा बढी छ ।

You might also like

Comments are closed.