एनआइसी एसियाको शाखारहित बैकिङ सेवा विस्तार

काठमाडौं, ३० पुस ।
निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक एनआइसी एसियाले शाखा विस्तारलाई तिब्रता दिइरहेको छ । यसैक्रममा बैैंकले उदयपुरको त्रियुगा नगरपालिकास्थित देउरीमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकि सेवा २३ ठाउँमा पुगेको छ ।

शाखारहित बैंकिङ सेवाको उद्घाटन त्रियुगा नगरपालिका वडा ५ का वडा अध्यक्ष उद्वब थापाले एक कार्यक्रमका बीच गरेका हुन् । शाखारहित बैंकिङ सेवाको प्रतिनिधि हरि श्रेष्ठ नियुक्त भएका छन् । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।

You might also like

Comments are closed.