एनआइसी एसियाद्वारा एकैदिन आँबुखैरेनी र गोरखामा शाखा बिस्तार

पोखरा, २४ पुस । एनआइसी एसिया बैंकले सोमबार एकैदिन तनहुँ र गोरखामा दुईवटा शाखा बिस्तार गरेको छ । बैंकले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी बजारमा र गोरखाको सदरमुकाम गोरखा बजारमा शाखा सञ्चालनमा ल्याएको क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले जानकारी दिए ।

गोरखा शाखाको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोसीले उद्घाटन गरेका हुन् । आँबुखैरेनी शाखाको आँबुखैरेनी गाउँपालिका अध्यक्ष गीरबहादुर थापाले उद्घाटन गरे । बैंकले छिट्टै तनहुँको डुम्रे, कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत नाउँडाँडा र पर्वतको जलजला गाउँपालिका अन्तर्गत वारीबेनीमा शाखा बिस्तार गर्ने शर्माले जानकारी दिए ।

बैंकले आइतबार मात्र लमजुङको बेशिशहरमा शाखा खोलेको थियो । बैंकको शाखा सञ्जाल हालसम्म १ सय ५९ वटा पुगेको छ । ग्रामीण क्षेत्रमा सेवा बिस्तार गर्ने क्रममा विभिन्न क्षेत्रमा शाखा खोलिरहेको शर्माले बताए ।

You might also like

Comments are closed.