एनआइसी एसिया बैंकका ग्राहकले घरमै बसेर ‘केवाइसी अपडेट’ गर्न सक्ने

आर्थिक आवाज
पोखरा, १४ फागुन । निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एनआइसी एसिया बैंकका ग्राहकले घरमै बसेर ‘ग्राहक पहिचान अद्यावधिक’ (केवाइसी अपडेट¬) गर्न सक्ने भएका छन् । केवाइसी अपडेट गर्न ग्राहक स्वयम बैंकको शाखामा उपस्थित हुनुपर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गर्दै ग्राहकले घरमै बसेर इन्टरनेटको माध्यमबाट केवाइसी अपडेट गर्न सक्ने सुविधा उपलब्ध गराइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस सुविधा अन्तर्गत बैंकको आधिकारिक वेवसाइट www.nicasiabank.com मा लगिन गरी ‘अपडेट केवाइसी अनलाइन’ https://www.nicasiabank.com/ekyc पोर्टलमा खाता नम्बर, मोबाइल नम्बर, इमेल आइडी राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सकिनेछ ।

You might also like

Comments are closed.