आर्थिक आवाज
पोखरा, ६ असोज । निजी क्षेत्रको सबैभन्दा ठुलोे बैंक एनआइसी एसियाले पोखरा महानगरपालिका वडा १३ स्थित बाझापाटन शाखाको औपचारिक उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शाखाको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङले बैंकहरुले समय सापेक्ष रुपमा आधुनिक बैंकिङ प्रणाली अबलम्बन गर्नुपर्ने बताए । शहरमुखी मात्रै नभइ ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुच पु¥याउन उनको आग्रह छ ।
कार्यक्रममा बोल्दै बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले एनआइसी एसियाले सबै क्षेत्रमा बैंकिङ पहुन पु¥याउने लक्ष्य अनुसार शाखा विस्तारलाई तिब्रता दिएको बताए । हालसम्म पोखरामा मात्रै एनआइसी एसियाका ११ वटा शाखा र ४ वटा विस्तारित काउन्टर सञ्चालनमा आएको शर्माले जानकारी दिए । पोखरामा एटिएम २५ वटा पुगेका छन् । बैंकले देशभर २ सय ९८ वटा शाखा सञ्चालनमा ल्याइसकेको छ ।
बैंकका प्रदेश प्रमुख दीपेन्द्र शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा कमलपोखरी टोल विकास संस्थाका अध्यक्ष ईन्द्रबहादुर गुरुङ, वडा सदस्य टंकप्रसाद भट्टराई लगायतले बोलेको शाखा प्रवन्धक सुमित पौडेलले जानकारी दिए ।
यसैबीच, एनआइसी एसियाले असोज १ गतेबाट पोखरा महानगरपालिकामा पनि विस्तारित काउन्टर सञ्चालनमा ल्याएको शर्माले जानकारी दिए ।
Comments are closed.