एनआइसी एसिया र युनियन फाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १६ साउन । एनआइसी एसिया बैंकले र युनियन लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार अब बैंक ग्राहकले बैंकको २३३ वटै शाखाबाट युनियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्नु सक्नेछन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।
बैंकको २३३ शाखा कार्यालय, २२२ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १५ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १७५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५१ अर्ब तथा कुल कर्जा करिब १२१ अर्ब पुगेको छ ।

You might also like

Comments are closed.