एनआइसी र गुराँस लाइफबीच सम्झौता

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्झौता गरेको छ । अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २४१ शाखाहरुबाट सहज रुपमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

मुलुकभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा र बैंकको वासलातको आकार रू. १८५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५५ अर्ब तथा कर्जा रू. १२८ अर्ब पुगेको छ । ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको विज्ञप्तिमा जनाइएको छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...