एनआइसी र नेशनल लाइफबीच बैङ्कास्योरेन्स सम्झौता

काठमाडौं, ८ साउन । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआईसी एशिया बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैङ्कास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतासँगै एनआइसीका ग्राहकले मुलकभरका २ सय ३३ वटै शाखाबाट नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजना खरीद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका हुन् ।

You might also like

Comments are closed.