एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको बुढिबजारमा

पोखरा, १३ मंसिर ।

पोखरा २६ बुढिबजारमा एनआईसी एशिया बैंकको नयाँ शाखा खुलेको छ । विहिवारदेखि सञ्चालनमा आएको शाखाको एनआईसी एशिया बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले उदघाटन गरे ।

उनले बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले शाखा सञ्चालनमा ल्याएको र अन्य स्थानहरुमा पनि चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना रहेको बताए ।

 

बैंकले मुलुकभर २ सय ६८ शाखा कार्यालयहरु, २ सय ७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गरेको सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिरनाथ पाण्डे जानकारी दिए ।

बैंकको वासलातको आकार २ सय १२ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ सय ६९ अर्ब तथा कर्जा १ सय ४४ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म बैंकका करिब १३ लाख ५० हजार ग्राहक रहेको क्षेत्रिय प्रवन्धक दिपेन्द्र शर्माले जानकारी दिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, पोखरा २६ का वडाध्यक्ष नारायण बराल, शाखा प्रवन्धकहरु श्वेता शेरचन, शंकर केसी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.