एनआईसी एसियाको नाफा १६४ प्रतिशतले बढ्यो

काठमाडौं, ३ माघ । एनआइसी एसिया बैंकको नाफा चालु आर्थिक वर्षको ६ महिनामा १६४ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ । बैंकले १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले नाफा ५७ करोड २१ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ४ अर्ब ४१ करोड १२ लाख रुपैयाँ छुट्टाएको छ । जसले १ खर्ब ७५ अर्ब ७६ करोड ४३ लाख निक्षेप संकलन गर्न सफल भएको छ । बैंकको कर्जा लगानी ३ महिनामा १० अर्बले वृद्धि भएको थियो । असोजमा १ खर्ब ३९ अर्ब कर्जा लगानी गरेको बैंकले पुस मसान्तमा १ खर्ब ४९ अर्ब कर्जा लगानी गरेको हो । अघिल्लो वर्षको तुलनामा भने ५० दशमलव ५० प्रतिशतले वृद्धि गरेको छ ।

You might also like

Comments are closed.