,स्याङजा, २६ बैशाख
एनआई सी एशिया बैंकले स्याङजाको अाँधिखोला गाउँपालिकामा नयाँ शाखा विहीवार औपचारिक उद्घाटन गरेको छ ।ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने उद्देश्यले अाँधिखोला गाउँपालिका वडा नं ५ स्थित कृषि शाखाको शाखा सञ्चालनमा ल्याएको हो ।
शाखाको गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्याले उद्घाटन गरे । बैंकलाई आम जनताले गरेको प्रगाढ विश्वास, र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ८२शाखा २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ बैंकले जनाएको छ ।
करिब १६लाख ग्राहकहरुको साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।
बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
Comments are closed.