एनएमबिको त्रैमासिक समिक्षा तथा शाखा ब्यवस्थापन तालिम सम्पन्न

पोखरा, २४ बैशाख

एनएमबि माईक्रोफाईनान्स वित्तीय संस्थाले शाखा प्रवन्धक स्तरिय २ दिने त्रैमासिक समिक्षा, आ.व.२०७६÷०७७ को योजना तर्जुमा गोष्ठी तथा शाखा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । यहि वैशाख २० र २१ गते दिइएको उक्त तालिममा खाडिचौर अनुगमन स्टेशन, ढल्केवर अनुगमन स्टेशन, गोपेटार अनुगमन स्टेशन र दव्रेवास अनुगमन स्टेशन अन्तगर्तका ४७ वटा शाखाका ४७ जना शाखा प्रवन्धकहरुको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्साल, जोखिम ब्यवस्थापन विभाग प्रमुख सुर्यप्रसाद उपाध्याय, कर्जा विभाग प्रमुख चन्दन कुमार सरदार, वित्त ब्यवस्थापन विभाग प्रमुख कृष्ण प्रसाद गैह्रे र अनुगमन अधिकृत चार जना क्रमशः लंक बहादुर वम, प्रकाश रावल, पुरन चन्द्र चापागाई र कृष्ण प्रसाद नेपालले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

सो अवसरमा शाखाको यस आर्थिक वर्ष २०७५÷०७६ तेस्रो त्रैमास सम्मको प्रगति समिक्षा, आगामी आर्थिक वर्ष २०७६÷०७७ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा ब्यवस्थापन, शाखा व्यवस्थापनमा शाखा प्रवन्धकको भूमिका, भाखा नाघेको कर्जा ब्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी ब्यवस्थापन, आन्तरिक नियन्त्रण र आन्तरिक लेखा परिक्षण प्रणाली, अनुगमनका क्रममा देखिएका कैफियतहरु र ग्राहक सदस्यहरु संग गर्ने व्यवसायिक व्यवहार र सम्बन्ध लगायत विषयवस्तुमा प्रशिक्षण दिएको थियो ।

यस वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरि ५६ जिल्लामा १०० वटा शाखा विस्तार गरी करिब एकलाख विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आइरहेको जनाइएको छ ।

You might also like

Comments are closed.