पोखरा, ११ बैशाख ।
एनएमबि माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा फनि लाल चौधरी नियुक्त भएका छन । वित्तीय संस्थाको केन्द्रीय कार्यालय,पोखरा लेखनाथ महानगरपालिका २५, हेम्जा कास्कीमा आयोजित एक स्वागत कार्यक्रमका विच उनले पदभार ग्रहण गरेका हुन ।
प्रमुख कार्यकारी अधिकृत चौधरीको बैंकिङ यात्रा नेपाल राष्ट्र बैंकबाट प्रारम्भ गरि पूर्वाञ्चल ग्रामीण बिकास बैंक लिमिटेड(हालको नेपाल ग्रामीण बिकास बैंक), नेरुडे लघुवित्तबिकास बैंक हुँदै मेरो माइक्रोफाइनान्स वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको झण्डै २६ वर्षको अनुभव रहेको छ ।यसका साथै प्लान नेपाल, यूएनडीपी, केयर नेपाल लगायतका विभिन्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुमा कार्य गरेका चौधरी पछिल्लो समयमा उन्नति वित्तीय पहँुच परियोजनामा कार्यरत थिए । निजले वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारी, सरोकारवालाहरुका साथै वित्तीय संस्थाका सदस्यहरुलाई विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको अनुभव छ