एनएमबि माइक्रो फाइनान्सको छैठौं साधारण सभा सम्पन्न

 

पोखरा, २९ पुस ।

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा आइतवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले आ.व.२०७४÷०७५ को मुनाफावाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनस शेयर जारी गरे पश्चात कायम हुने कुल चुक्ता पुँजीको १ः१.५ दरले हकप्रद शेयर जारी गरी पुँजी बृद्धि गर्ने प्रस्ताव पारित गरेको संस्थाका अध्यक्ष उतम भ्लोनले बताए ।

सभामा सञ्चालक समितिका अध्यक्ष उतम भ्लोनले प्रस्तुत गरेको आ.व. २०७४÷०७५ को वार्षिक प्रतिवेदन सर्बसम्मतीले पारित गरेको जनाइएको छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७५ आषाढ मसान्त सम्मको वासलात, आ.व. २०७४÷०७५ को नाफा नोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी सर्बसम्मतीले पारित गरिएको बताइएको छ । साधारण सभामा संस्थाका संचालक गोविन्द घिमिरेले एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको भाबी योजना बारे प्रकाश पारेको संस्थाका निमित प्रमुख कार्यकारी अधिकृत राम प्रसाद मिश्रले बताए ।

पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले हाल देशका ५४ वटा जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु स्थापना गरी लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । एनएमबि बैकको सहायक कंपनीका रुपमा रहेको यस वित्तीय संस्थाको हाल करीव रु २ अर्व ५१ करोड कर्जा लगानी र निक्षेप करीव रु ८५ करोड रहेको निमित प्रमुख कार्यकारी अधिकृत राम प्रसाद मिश्रले बताए ।

You might also like

Comments are closed.