एनएमबि र ओमको एकीकृत कारोबार सुरु, पुँजी २० अर्ब १५ करोड

आर्थिक आवाज
पोखरा । एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि. बीच एकीकृत कारोबार सुरु भएको छ । शनिबार पोखरामा आयोजित एक कार्यक्रमका बीच एकीकृत कारोबार शुभारम्भ गरिएको छ । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मुलुकको समृद्धिको अभियानमा बैंकहरुको योगदान हुनुपर्ने धारणा राखे ।

दुवै संस्था गाभिए पश्चात बैंकको चुक्ता पुँजी ११ अब ५३ करोड रुपैयाँ पुगेको छ । ८ अर्ब ६२ करोड रुपैयाँको कोषसहित गरी पुँजी २० अर्ब १५ करोड रुपैयाँ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए । मर्जर पश्चात बैंकको नाम एनएमबि र मुख्य कार्यालय एनएमबि भवन बबरमहल काठमाडौंमा रहेको छ ।

दुवै संस्था गाभिए पश्चात एनएमबि बैंकको शाखा सञ्जाल १ सय ६३, एटिएमहरुको सञ्जाल १ सय २८ पुगेको छ । एक्स्टेन्सन काउन्टर संख्या ५ पुगेको छ । गण्डकी प्रदेशमा मात्रै बैंकका शाखाहरु ३९ रहेको प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिए । ‘गण्डकी प्रदेशमा सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंकका रुपमा हामी स्थापित भएका छौं,’ उनले भने ।

कार्यक्रममा बोल्दै बैंकका सञ्चालक राजेन्द्र काफ्ले एनएमबि र ओमको एकीकृत कारोबार शुभारम्भसँगै बैंक अझ बढी सशक्त भएको बताए । ‘अन्य बैंकभन्दा हामी फरक छौं,’ उनले भने, ‘राष्ट्रको समृद्धि अभियानमा हाम्रो साथ रहनेछ ।कार्यक्रममा बोल्दै बैंकका सञ्चालक राजेन्द्र काफ्ले एनएमबि र ओमको एकीकृत कारोबार शुभारम्भसँगै बैंक अझ बढी सशक्त भएको बताए । ‘अन्य बैंकभन्दा हामी फरक छौं,’ उनले भने, ‘राष्ट्रको समृद्धि अभियानमा हाम्रो साथ रहनेछ ।’ कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डिल्लिराम पोखरेल, साबिक ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलकुमार गोशली, मर्जर समितिका सदस्य राजेन्द्रकुमार बाटाजू लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.