एनएमबि सबैको सहारा बचत खाता सञ्चालन

तनहुँ, ६ बैशाख
एनएमबी बैंकले खाता खोल्दा ग्राहकलाई बीमा सुविधा पनि प्रदान गर्ने भएको छ । बैंकले नयाँ वर्षका उपलक्ष्यमा खोलौं बैंक खाता अभियान २०७६ अन्तर्गत सम्पूर्ण नागरिकलाई लक्षित गरी ल्याएको ‘सबैको सहारा बचत खाता’ योजना अनुरुप ग्राहकलाई बीमा सुविधा प्रदान गर्न लागेको हो ।

यस खातामा प्रत्येक ग्राहकहरुको अग्रिम बीमा सुरक्षण गरिने बैंकका गण्डकी प्रदेश प्रबन्धक अमृतराज बास्तोलाले आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अङ्गभङ्ग भएमा वा अर्बुदरोग, मिर्गौला निष्क्रियता, हृदयाघात, पक्षाघातलगायत गम्भीर १८ रोगमध्ये कुनै रोग लागेमा खातावाला वा हकवालालाई खातावालको खातामा जति पैसा छ त्यसको चौब्बर र अधिकतम रु १० लाखसम्मको बीमा रकम उपलब्ध गराइने छ ।

सरकारको नीतिलाई अवलम्बन गर्दै हरेक नागरिकमा बंैकिङ आदत बसाल्न र विनाझञ्झट रोग पत्ता लाग्नसाथ बीमा रकम उपलब्ध गराइने सो योजनाको विशेषता रहेको उनले जानकारी दिए । योजना अन्तर्गत बैंकमा खोलिने ‘सबैको सहारा बचत खाता’ मा बैंकका तर्फबाट रु १०० जम्मा गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपालभरि ११० शाखा रहेको सो बैंकको गण्डकी प्रदेशमा आठ शाखा छन् । सन् २०१७ र २०१८ मा लगातार ‘बंैक अफ दि इयर’ सम्मानबाट सम्मानित एनएमबी बैंक ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालूजको नेपालमा एक मात्रै सदस्य बैंक रहेको बास्तोलाले जानकारी दिए ।

विदेशी संयुक्त लगानी साझेदारमा एफएमओ नेदरल्याण्ड्स र योङ लियान मलेसिया छन् । २४ वर्षदेखि वित्तीय क्षेत्रमा योगदान पु¥याएको सो बंैकले विशेष गरी कृषि, पर्यटन र ऊर्जामा लगानीलाई प्राथमिकता दिँदै आएको छ ।बैंकले सर्वा्धिक व्याजदर, निःशुल्क डिम्याट खाता, निःशुल्क मोवाइल बैकिङ, निःशुल्क इन्टरनेट बैकिङ तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएमबाट निःशुल्क रकम झिक्न सक्ने सुविधा बैंकले प्रदान गरिरहेको बैंकका दमौली शाखा प्रबन्धक सन्तोषराज वाग्ले जानकारी दिए ।

You might also like

Comments are closed.