एनएमबि र ओमको एकीकृत कारोबार शनिबारबाट

आर्थिक आवाज
काठमाडौंमा प्रधान कार्यालय रहेको ‘क’ वर्गको एनएमबि बैंक र पोखरामा प्रधान कार्यालय रहेको ‘ख’ वर्गको ओम डेभलपमेन्ट बैंकले शनिबारबाट एकीकृत कारोबार गर्ने भएका छन् । शनिबार पोखराको होटल ग्राण्डमा एक कार्यक्रमका बीच एकीकृत कारोबारको शुभारम्भ हुनेछ ।

नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जिबि नेपालको प्रमुख आतिथ्यतामा एकीकृत कारोबारको शुभारम्भ हुने कार्यक्रम छ । मर्जर पछि एनएमबि बैंकको नामबाट एकीकृत कारोबार हुने सम्झौता भइसकेको छ । बैंकको अध्यक्षमा पवनकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी रहनेछन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.