एनएमवि लघुवित्तले गर्यो कोरोना उपचार कोषमा १३ लाख ६२ हजार सहयोग

पोखरा ।

कास्कीको हेम्जामा प्रधान कार्यालय रहेको एनएमवि लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १३ लाख ६२ हजार ६० रुपैयाँ सहयोग गरेको छ ।

संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तसम्म जम्मा भएको रकम सहयोग गर्ने निर्णय गरेकाले सोही बमोजिम नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरिएको बताइएको छ ।

यस वित्तीय संस्थाले प्रदान गरेको उक्त रकमले हाल विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी नियन्त्रण र संक्रमितहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने संस्थाले विज्ञप्ती मार्फत जनाएको छ ।

You might also like

Comments are closed.