एनएलएफमा यो वर्ष १ करोड १३ लाख योगदान

आर्थिक आवाज
पोखरा, ५ जेठ ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको गुठी ‘नेपाल लायन्स फाउण्डेसन’ (एनएलएफ) मा १ करोड १३ लाख रुपैयाँ थप भएको छ । लायन वर्ष २०१८÷१९ मा मात्र यती रकम जम्मा भएको एनएलएफ डिपार्टमेन्ट चिफ मीलन थापाले जानकारी दिईन् । यो वर्ष एनएलएफमा योगदान पु¥याउनेहरुलाई शनिबार एक कार्यक्रमका बीच पोखरामा सम्मान गरिएको छ ।

यस वर्ष एनएलएफमा गण्डकी क्षेत्रबाट मात्रै करिब गण्डकी क्षेत्रबाट ८७ लाख २५ हजार २ सय रुपैयाँ जम्मा भएको छ । बागमती क्षेत्रबाट २१ लाख ३५ हजार ८ सय रुपैयाँ जम्मा हुँदा धौलागिरी क्षेत्रबाट ३ लाख ८२ हजार १ सय रुपैयाँ योगदान पुगेको थापाले जानकारी दिइन् । क्लबहरुको साथ र सहयोगबाट एनएलएफमा राम्रो योगदान पुगेको डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले बताए ।

सबैभन्दा अगाडि माउन्टेन सिटी
यस वर्ष एनएलएफमा सबैभन्दा बढी लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीले योगदान पु¥याएकोे छ । माउन्टेनसिटीले ५ लाख ५४ हजार ४ सय रुपैयाँ योगदान पु¥याएको चिफ पब्लिक रिलेसन अफिसर परमेश्वर बरालले जानकारी दिए । डिष्ट्रिक्टमा क्लबको तर्फबाट सबैभन्दा बढी योगदान पु¥याउन पाउँदा निकै खुसी लागेको क्लबका अध्यक्ष हर्कबहादुर अधिकारी ‘मिरोज’ले बताए ।

द्वितीय भएको लायन्स क्लब अफ पोखरा गण्डकीले ४ लाख १४ हजार ५ सय रुपैयाँ योगदान पु¥याउँदा तृतीय स्थानमा रहेको पोखरा फिस्टेल सिटीले गुठीमा ४ लाख १ हजार ९ सय रुपैयाँ योगदान पु¥याएको छ । एनएलएफमा लायन वर्ष २०१५÷१६ देखि हालसम्म ४ करोड रुपैयाँ भन्दा बढी थप भइसकेको छ । लायन वर्ष १९९३÷९४ मा स्थापना भएको एनएलएफमा हालसम्म ५ करोड २५ लाख रुपैयाँ जम्मा भएको छ ।

You might also like

Comments are closed.