एनबिआईको “बैकिङ्ग टुडे एण्ड टुमरो” सम्मेलन पोखरामा

पोेखरा, २७ बैशाख
नेशनल बैकिङ्ग ईन्ष्टिच्युटले पोखरामा पहिलो पटक “बैकिङ्ग टुडे एण्ड टुमरो”, विषयमा सम्मेलनको आयोजना गरेको छ । आज शुक्रवार पोखरामा सम्पन्न उक्त सम्मेलनमा पोखराका बैंक तथा वित्तीय संस्थाका प्रमुख सहित करिब १०० जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

उक्त सम्मेललको नेपाल राष्ट्र बैंक, पोखराका प्रमुख डा. दिल्लीराम पोखरेल र नेशनल बैकिङ्ग ईन्ष्टिच्युटका सन्जीव सुब्बाले उद्घाटन गरेका थिए ।  सम्मेलनमा पूर्व गवर्नर दिपेन्द्र बहादुर क्षेत्री, नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक नर बहादुर थापा र बैकिङ्ग विशेषज्ञ अनल राज भट्टराईले आ–आफ्नो प्रस्तुती राखेका थिए ।

यस सम्मेलनमा बैकिङ्ग संसारमा सञ्चालनको सबैभन्दा महत्तवपूर्ण पक्षहरुको वारेमा बहस गरिएको थियो । जसमा बैकिङ्ग एसएमइ लोन, राष्ट्रिय अर्थतन्त्रमा बैंकको भूमिका, उत्पादक क्षेत्रमा अवसरको विषयमा बैकिङ्ग क्षेत्रका वरिष्ठ विशेषज्ञहरु द्धारा चर्चा गरिएको थियो ।

दिपेन्द्र बहादुर क्षेत्रीले वित्तीय अनुसासनमा रहेर वित्तीय संस्थाहरु सञ्चालन हुनुपर्ने बताए भने नर बहादुर थापाले वित्तीय प्रणाली र अर्थव्यवस्थामा बैंकहरुको महत्वपूर्ण भूमिकालाई जोड दिएका थिए । त्यसै गरि अनल राज भट्टराईले एसएमइ लोन र यसको समस्या र सम्भावनाहरुका विषयमा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रदेश प्रमुख पुजन राज अर्याल, एनएमबि बैंकका प्रदेश प्रमुख मोहन के. सी., र सिद्धार्थ बैंकका प्रदेश प्रमुख अमित श्रेष्ठहरुबाट बृहत रुपमा वर्तमान मुद्दाहरु र चुनौतीहरुको विषयमा छलफल पनि गरिएको थियो ।  नेशनल बैकिङ्ग ईन्ष्टिच्युट द्धारा नेपाली बैकिङ्ग क्षेत्रमा भएका समस्या र चुनौतीहरुलाई समाधान गरि वर्तमान अवस्थालाई सुदृढ पारिने पनि बताइएको छ ।

You might also like

Comments are closed.