एनीमीया पिडित अस्मितालाई आर्थिक सहयोग

 

पोखरा, ३ भदौ ।

हाम्रो पोखरा फेसबुक ग्रुपले माछापुच्छे« गाउँपालिका वडा नंं. २, सार्दिखोलाकी १९ बर्षिय अस्मिता वि.क.लाई आर्थीक सहयोग स्वरुप नगद एक लाख रुपैया हस्तान्तरण गरेको छ ।

एप्लास्टिक एनीमीया समस्यावाट विगत जेठ महिना देखि मनिपाल अस्पतालमा उपचारत रहेको र माषि प्रत्यारोपण गर्नको लागि काठमाण्डौं निजामति अस्पतालमा लैजाने तयारी भईरहेको छ ।

परिवारको आर्थिक स्थिति कमजोर भएको खवर सुन्नसाथ हाम्रो पोखरा ग्रुप सहयोगमा जुट्न थाल्यो । पहिलो चरणको चन्दा संकलन साउन २१ गते केदारेश्वर मन्दिरबाट सुरु गरियो ।व्यक्तिगत त चन्दा संकलन गरि जम्मा १ लाख (एक लाख) रुपैया संकलन गरेर हस्तान्तरण गरिएको छ । रकम संकलन गर्ने क्रममा मुस्कान गाईज, युथ हेल्पिङ हेण्ड तथा पहिलो पाईला कि अध्यक्ष गंगा थापाले समेत आर्थिक संकलनमा सहयोग गरेका थिए । सामाजिक सञ्जाल फेसबुकबाट सञ्चालन भएको ग्रुपले संकलन गरेको उक्त रकम भदौ २ गते शनिवार विरामी स्वयम अस्मिताको घरमा गएर हस्तान्तरण गरेको छ ।

यस ग्रुपले यस भन्दा अगाडि पनि मृगौला पिडित एन्जिला गुरुङ तथा युथ हेल्पिङ हेण्ड संग सहकार्य गरी क्यान्सर पिडित जानुका पराजुलीलाई सहयोग समेत गरेको र विभिन्न सामाजिक कार्यमा सहभागि हुदै आईरहेको र आगामि दिनमा पनि समाज परिवर्ततको लागि सधै लागिरहने सक्रिय सदस्य केशव आचार्यले बताए ।

You might also like

Comments are closed.