एन्फाले खेलाडी, क्लव र पत्रकारलाई सम्मान गर्ने

पोखरा, १७ पुस

एन्फा कास्कीले खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिने एक जना खेलाडी, क्लव र पत्रकारलाई प्रत्येक वर्ष सम्मान गर्ने भएको छ । मनकामना केबुलकार पोखरा कपको अवसरमा अबदेखी हरेक वर्ष फुटवल खेलमा महत्वपूर्ण योगदान गर्ने एक जना खेलाडीलाई एउटा मोटरसाइकलसहित दोसल्ला ओढाएर सम्मान गरिने क्लवका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताको अवसरमा वर्ष उत्कृष्ट फुटवल क्लवलाई सम्मान गरिने भएको छ । पोखरामा रहेको २४ वटा क्लव मध्ये उत्कृष्ट क्लवलाई वार्षिक रुपमा सम्मान गरिने अध्यक्ष गुरुङले बताए ।

यसैगरी यस वर्षदेखी फुटवलमा कलम चलाउने एक जना पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने एन्फाले जनाएको छ । यसअघी पनि एन्फाले यो पुरस्कार वितरण गरेको थियो । तर पहिलो पुरस्कार बरिष्ठ पत्रकार नारायण कार्कीलाई सम्मान गरेपछि यो पुरस्कार वितरण हुन सकेको थिएन । अब यस वर्षदेखी यो पुरस्कारले निरन्तरता पाउने भएको छ ।

You might also like

Comments are closed.