एन्फाले ९ लाख खर्चेर मैदान बनायो, बोरिङले बचायो ८ लाख

आर्थिक आवाज
एन्फा कास्कीले करीब ९ लाख रुपैयाँ खर्चेर पोखरा रंगशालामा रहेको फुटबल मैदान निर्माण गरेको छ । गत वर्ष नयाँ फुटवल स्टेडियम बनाउने भन्दै पुरानो संरचना भत्काएपनि नयाँ नबनेपछि जिर्ण स्टेडियमलाई सो रकम खर्चेर एन्फा कास्कीले मैदान निर्माण गरेको हो ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले भने, ‘मैदान सम्याउन र दुबो रोप्न मात्र हामीले ९÷१० लाख खर्चियौं ।’ मैदानमा दुबो रोपेर हरियो बनाइएको छ । मैदानमा रोपिएको दुबोका लागि प्रयोग गरिएको पानीका लागि भने खर्च जोगिएको छ । पानीका लागि ७÷८ लाख खर्च जोगिएको उनको भनाई छ ।

क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको पहलमा बोरिङबाट पानी निकालिएकाले सो रकम बचत भएको अध्यक्ष गुरुङले जानकारी दिदै त्यसका लागि दुबै संस्थालाई धन्यवाद दिए । प्रतियोगिताका लागि भिआइपी प्याराफिट २ वटा बनाइएको छ ।

MANASLU

खेलाडीका लागि प्लेयर बक्सदेखि मिडिया सेन्टरसमेत बनाइएको छ । मैदानको पूर्व पट्टी नर्मल प्याराफिट बनाइएको छ । पहिले भएको दर्शक प्याराफिट भत्काएर जिर्ण भएको ठाउँलाई सफा गरेर माटो सम्याउँदै म्याट ओछ्याएर बस्न योग्य बनाइएको छ । अन्य ठाउँमा भने यसअघीका वर्षहरुमा जस्तै गरी दर्शक बस्न सक्नेगरी मिलाइएको छ । एन्फा कास्कीको आयोजनामा मंगलबारबाट मनकामना केबुलकार कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...