एन्फा कप कास्की : छात्र तर्फ अमरसिंह र सैनिक फाइनलमा प्रवेश

पोखरा, ३१ असार ।

अखिल नेपाल फुटबल संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा संचालन भइरहेको एन्फा कपको छात्र तर्फ अमरसिंह मा.वि र शैनिक आवाशिय मा.वि फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको सेमीफाइनलमा अमरसिंहले टप्स मा.विलाई २–१ ले र सैनिकले सडेन डेथमा शिशुु कल्याणलाई ४–३ गोलले पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन् ।
अमरसिंहलाई फाइनलमा पु¥याउन मनोज नेपालीले एक्लैले दुइ गोल गरेका थिए भने टप्सका लागि देब गुरुङले एक गोल फर्काए ।

यता शैनिक र शिशु कल्याणका विचको खेल निर्धारित समयमा गोल हुन नसक्दा टाइब्रेकरमा पुगेको थियो । तर खेलको नतिजा भने सडेन डेथमा पुगेर सम्भव भयो ।

यसैगरि छात्रा तर्फ ताराकुञ्ज मा.वि र चिल्ड्रेन एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । ताराकुञ्जले अमरसिंह माबीलाई १–० गोलले पराजित गरेको थियो । ताराकुञ्जका लागि बेल माया गुरुङले निर्णायक गोल गरिन् ।

यता चिल्ड्रेन एकेडेमीले विन्दबाशिनी मा.विलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । अर्पिता गुरुङको एक मात्र गोलले चिल्ड्रेन एकेडेमीलाइ फाइनलको यात्रा तय गरायो ।

कास्की फुटबल संघका उपाध्यक्ष विश्व तण्डुकारका अनुसार दुबै तर्फका फाइनल खेल सोमबार दिउसो हुनेछन् । प्रतियोगितामा छात्र तर्फ ३७ र छात्रा तर्फ १३ टिमको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.