एन.आइ.इ.सी.द्वारा बालगृहका बालबालिकालाई कपडा सहयोग

पोखरा । नेपाल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी (एन.आइ.इ.सी.) पोखराले बालगृहका बालबालिकालाई कपडा सहयोग गरेको छ । स्याङजाको फेदी खोलामा रहेको अमोर सेवा नेपाल बालगृहमा रहेका बालबालिकाहरुलाइ कन्सल्टेन्सीले सहयोग गरेको हो ।

कन्सल्टेन्सीले बालबालिकाहरुका लागि एकएक जोर कपडा तथा फलफुल सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बालगृहका बालबालिकालाई सहयोग गर्न पाउँदा निकै हर्षित महसुस भएको कन्सल्टेन्सीका प्रवन्ध निर्देशक किरण नेपालले बताइन् । ‘आगामी दिनमा पनि सहयोग गर्न तयार छौं,’ उनले भनिन् ।

You might also like

Comments are closed.