एन आइ सी एसिया बैंकको नयाँ शाखा लेकसाइडमा

पोखरा, ३१ वैशाख ।

एन आई सी एसिया बैंकले कास्कीको पोखरालेखनाथ महानगरपालिका ६, लेकसाइडमा सोमबारबाट शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले एक समारोहकाबीच शाखा उद्घाटन गरेका हुन् ।

देशभर २ सय १० शाखा कार्यालय, २ सय एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर र ६ वटा शाखारहित बैंकिङ सेवा मार्फत बैंकले सेवा प्रदान गर्दै आईरहेको छ । मुलुककै सबैभन्दा ठुलो शाखा संजाल भएको बैंक एनआइसी बन्न सफल छ । बैंकप्रति आम जनमानसको माया, विश्वास र भरोसा बढिरहेको क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्माले बताए ।

 

वासलतको आकार १५८ अर्ब भन्दा धेरै पुगेको छ । बैंकको कुल कर्जा करिव ११० अर्व र कुल निक्षेप करिव रु १३४ अर्व पुगेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए । यससँगै वासलत, कुल कर्जा र कुल निक्षेपको आकारको हिसावले निजी लगानीमा स्थापित बैंक मध्य अग्रणी स्थानमा रहेको पाण्डेले बताए । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको उनले जानकारी दिए । बैंकले देशका अन्य क्षेत्रमा पनि शाखा बिस्तार गर्ने योजना सहित अघि बढेको छ ।

 

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, पर्यटन व्यवसायी गणेश भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । बैकका पब्लिक रिलेशन अफिसर अर्जुन खनियाले सवैलाई धन्यवाद व्यक्त गरेका थिए ।

 

You might also like

Comments are closed.