एन आई सी एशिया बैंकको नयाँ शाखा काठमाडौँको मनमैंजुमा

पोखरा, १० बैशाख
एन आई सी एशिया बैंक लिले मंगलबारदेखी तारकेश्वर नगरपालिका वडा नं ११ काठमाडौँ स्थित मनमैंजमा नयाँ शाखाको सञ्चालन गरेको छ ।  शाखाको तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उपप्रादेशिक कार्यालय प्रदेश नं ३का प्रमुख विकास खरेलले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै मेयर बोहराले काठमाडौँ उपत्यका भित्र समेत बैंकिङ पहुँच कम भएको स्थान छानी आम सर्वसाधरणसम्म बैंकिङ पहुँच विस्तार गर्न शाखा सञ्चालन गरेको भन्दै प्रंशसा गरे ।

सोही अवसरमा खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलीकरण अभिवृद्धि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याएको जानकारी गराएका थिए ।  बैंकले मुलुकभर २ सय ८१ शाखा विस्तार गरीसकेको छ । त्यस्तै २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखारहित बैंकिङ ईकाइ मार्फत बैंकिङ सेवा प्रदान गर्दै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैंकको रुपमा पहिचान बनाउन सफल भएको छ ।

बैंक हालसम्म करिब १५ लाख जनतासम्म पुगेको छ । साथै बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा ग्राहकहरुलाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले विभिन्न ठाँउमा शाखा थप गर्ने योजना अगि सारेको छ ।

You might also like

Comments are closed.