एन आई सी एशिया बैंकको शाखा पावर हाउस चोकमा

पोखरा, ८ फागुन ।

एन आई सी एशिया बैंक लि ले पोखरा महानगरपालिका २९, पावरहाउस चोकमा शाखा शुभारम्भ गरेको छ । बैंकका कास्की शाखाका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले शुभारम्भ गरेका हुन् ।

बैंकको देशभरी २७७ शाखाकार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गरेको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न एन आई सी एशिया सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१७ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७३ अर्ब तथा कर्जा रू. १४८ अर्ब रहेको नायव प्रमुख सुचना अधिकृत अर्जुनराज खनियाले जानकारी दिए । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाकार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

You might also like

Comments are closed.