एप्रोलिया एस एक्स बाइक विमलालाई

 

पोखरा, १८ फागुन ।
डी लाइफ स्टाइलसको आधिकारीक विक्रेता सिताज लाइफस्टाइलले नेपालीहरुको महान चाड दशैँ, तिहार र छटको अवसरमा संचालन गरेको युरो फेस्ट अफर ६५ दिनसम्म चलेको थियो । चार वटा विधा मध्यको अन्तिम स्किम एप्रोलिया एस एक्स बाइक १२५ सि.सिको थियो ।

नेपाल भरिवाट २३५० जना उपभोक्ताबाट लक्की ड्र मार्फत पोखरा ३२, लेखनाथ निवासी भाग्यशाली विमला थापाले प्राप्त गरिन् । काठमान्डौँ डी लाइफ स्टाइलका सेल्स हेड हरि दाहालले सिताज लाइफस्टाइलको स्वरुममा थापालाई बाइकको चावी हस्तान्तरण गरेका थिए । जसको वजार मूल्य ८ लाख रहेको छ ।
भाग्यशाली विजेता विमलाले अन्य स्कुटरको तुलनामा यस कम्पनीको स्कुटर जति पुरानो भएपनि नयाँमा जस्तै पिकअप दिने बताइन् । नेपालभरि मध्यवाट आफुलाई वाइक विजेता हुन पाउँदा खुशि भएको बताउदै सिताज लाइफ स्टाइलका सम्पूर्ण परिवारलाई धन्यवाद दिदैँ सधैँ उपभोक्ताको मागलाई ध्यानमा राखी सेवा सुविधा प्रदान गर्न आग्रह गरिन् ।

सिताज लाइफस्टाइलका सेल्स म्यानेजर आशीष श्रेष्ठले भाग्यशाली विजेतालाई वधाई दिदैँ आगामी दिनमा पनि अफरका कार्यक्रमरु ल्याउने वताए । वजारमा अहिलेको पुस्ताले भेस्पा र एप्रोलिया व्राण्डका स्कुटर मनपराएको वताए ।

You might also like

Comments are closed.