एमाले अध्यक्ष ओली बने प्रधानमन्त्री

पोखरा, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रको समर्थनमा स्पष्ट बहुमत पुगेपछि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दावी पेश गरेका थिए ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । ओलीले बिहीबार नै राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दावी पेश गर्न पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै राष्ट्रपति भवन पुगेका ओलीले एमाले र माओवादी केन्द्रको समर्थन आफूलाई रहेको पत्र पेश गरेका थिए ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा एमालेको १ सय २१ र माओवादी केन्द्रका ४३ सदस्य सांसद छन् ।

You might also like

Comments are closed.