एम्बुलेन्स अभियानमा माउण्ट कैलाशका नरेश भट्टराई द्धारा ५५ हजार सहयोग

पोखरा, २५ माघ ।
स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा एम्बुलेन्स सञ्चालनको लागि शुरु गरिएको अभियानमा सहयोग आउने क्रम तिव्र बनेको छ । यसै विच पोखरामा रहेको माउण्ट कैलाश रिसोर्ट प्रालिका अध्यक्ष एवं समाजसेवी नरेश भट्टराईले एम्बुलेन्स सञ्चालनको लागि माउण्ट कैलाश रिसोर्टको तर्फ नगद ५५ हजार आर्थिक सहयोग गरेका छन् । भट्टराईले स्वरेकमा एम्बुलेन्सको महत्व बढि रहेको बताउदै कुशल ब्यबस्थापनमा एम्बुलेन्स सञ्चालन हुनेमा आफु आशाबादी रहेको बताए । भट्टराईले अभियान सफल बनाउन सहयोग गर्ने सवै प्रति आभार प्रकट गर्दे सामाजिक अभियानमा सहभागी हुन पाउदा खुशी लागेको बताए । भट्टराईले स्वरेकको प्रचार प्रसार र विकासको लागि पोखरा बाट महत्पुर्ण भुमिका खेल्दै आएका छन् । भट्टराईले पोखरा बाट माउण्ट कैलाश रिसोर्टको आयोजनामा जाँउ है स्वरेक अभियान संचानल समेत गरे । भट्टराईले निस्वार्थ भावानले स्वरेक लाई गरेको सहयोगको स्थानीयले खुलेर प्र्रंससा गर्दै आएका छन्। नमुना स्वरेक सामाजिक कोष कतारको पहल र नमुना स्वरेक सहयोगी समाज स्याङजाको स्थानीय समन्वय तथा ब्यबस्थापनमा अभियान अगाडि बढिरहेको समाजले जनाएको छ ।

समाजका अध्यक्ष घनश्याम पाण्डेयले अबको डेढ महिना भित्र एम्बुलेन्स स्वरेकमा ल्याउने तयारीमा आफुहरु रहेको बताए । पाण्डेयले जिल्ला बाट गर्नुपर्नेकाम सवै सकिएकोले केन्द्र बाट कर छुटको प्रक्रिया सकिने वित्तिकै आफुहरुले एम्बुलेन्स बुक गर्ने बताए ।

अभियानमा अहिले सम्म झण्डै १० लाख रकम संकलन भएको समाजका सचिव इन्द्र प्रसाद पराजुलीले बताए । अभियान सफल बनाउन सवैको साथ मिलेको अभियानका संयोजक भेषराज पराजुलीले बताए । अभियान सवैको साझा भएकोले आफुहरुले सवै बाट सक्दो सहयोगको अपेक्षा गरेको बताए
समाजका उपाध्यक्ष यमलाल शर्मा पंगेनीले राम्रो कामको लागि सवैको साथ मिल्ने बताउदै वालिङ नगरपालिका र भीरकोट नगरपालिका आफुहरुको अभियानमा संगै रहेकोले यो अभियान दुवै नगरपालिकाको भएको बताए । पंगेनीले सरकारले गर्ने कार्य स्वदेश विदेशमा रहेकाले गरेको सहयोगले सफल हुन लागेको पनि बताए ।

अभियानमा दुवै नगरपालिका मेयर र भीरकोट ५ र वालिङ ११ का वडा अध्यक्षको पनि प्रतिबद्धत्ता रहेकोले स्थानीय खुशी रहेको बताए ।यसै विच अभियानका सह संयोजक जिबन पौडेलले रकम घोषणा गरेका सम्पुर्ण सहयोगी मनहरुमा नमुना स्वरेक सहयोगी समाज स्याङजाको मुक्तिनाथ विकास बैक वालिङ शाखामा रहेको बैक खाता नं ००२१०२००११३४५३०००००१ मा रकम जम्मा गरेर सहयोग गरिदिन आग्रह गरे ।

You might also like

Comments are closed.