एयरपोर्ट टोल विकासमा उपमेयरसँग महिला कार्यक्रम

बैशाख, ९ पोखरा
पोखरा महानगरपालिका वडा नं. ८ स्थित एयरपोर्ट टोल विकास संस्थाले उपप्रमुखसंग महिला कार्यक्रम अन्तरगत ३ महिने शैक्षिक सहजता कार्यक्रम संचालनमा ल्याएको छ ।  शिक्षा नै सबथोक हो, जसबाट कोही पनि बन्चित नहुन भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु देवी गुरुङले प्रशिक्षक संगिता तिमिल्सिना, शुमन थापा र प्रशिक्षार्थी आइता कुमारी के.सी.लाई अध्ययन सामाग्री हस्तान्तरण गरी कार्यक्रमको उद्धघाटन गरिन् ।  कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले जीवन र सिकाइ दुबै एक अर्काका परिपुरक भएको भन्दै सिक्ने र सिकाउने कुरालाइ जीवनभर निरन्तरता दिनुपर्नेमा जोड दिइन् । गुरुङले प्रबिधिको युगमा महिला तथा पुरुष दुबैले शिक्षा र सामाजिक कार्यलाई प्रतिष्ठाको बिषय बनाएर अगाडी बढ्न आवश्यक रहेको बताइन् ।

जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखानलाइ औल्याउदै सिक्ने र सिकाउने कुरा जीवनमै बुढो नहुने कुरा प्रष्ट पारिन् । गुरुङले भनिन “ जुन कुराले महिलालाई पछाडी पार्दै आएको छ त्यही विषयलाई कार्यक्रमको रुपमा अगाडी ल्याएका हौं ।”

पोखरा महानगरपालिका वडा नं. ८ का वडा सदस्य लक्ष्मी कौशलले जिवनमा शिक्षा नै सवथोक भएको बताउदै सिक्ने कुरालाइ कहिल्यै बिश्राम गर्न नहुने धारणा व्यक्त गरिन । महानगरको वडा नं ८ की अर्की सदस्य किरण गौतमले शिकाई कहिल्यै अन्त नहुने भन्दै उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत ३ महिने शैक्षिक सहजता कार्यक्रम सुनौलो अवसर भएको बताईन ।

टोल विकास संस्थाका अध्यक्ष सावित्री घिमिरेको अध्यक्षता भएको कार्यक्रममा नागढुंगा टोल विकास संस्थाका अध्यक्ष नन्द प्रसाद बराल, हातेमालो आमा समुहका सचिव मिना ढकाल, नागढुंगा युवा क्लबका अध्यक्ष विनोद लामिछाने, एयरपोर्ट टोल विकास संस्थाका निवर्तमान अध्यक्ष कमला श्रेष्ठ सोही समूहकी सचिव मन्जु शाही, सह–सचिव ईश्वरी पौडेल लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.