एरोलाइट एएसी ब्लकबारे पोखरामा अन्तरक्रिया, सस्तो र गुणस्तरीय रहेको कम्पनीको दावी

आर्थिक आवाज
पोखरा, ८ चैत । नेपालकै पहिलो अटोक्लेभ्ड एरिएटेड कंक्रिट (एएसी) उत्पादक एरो ब्रिक्स कम्पनि प्रा.लि.ले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । निर्माणसँग सम्बन्धित व्यक्तिहरु इन्जिनियर, निर्माण व्यवसायी, उद्योगी, पत्रकार सर्वसाधरण लगायतको उपस्थितिमा शुक्रबार आयोजित अन्तरक्रियामा एरो लाइट एएसी ब्लकबारे जानकारी मुलुक अन्तरक्रिया गरिएको हो ।

एरो ब्रिक्स नेपालकै पहिलो एएसी उत्पादक कम्पन्नी हो । २०१५ मा स्थापना भएको कम्पनीको उत्पादन युनिट चितवनमा छ । कम्पनीले पूर्णस्वचालित जर्मन टेक्नोलोजी प्रयोग गरी दैनिक ५०० क्युबिक मिटर ब्लक तथा प्यानल उत्पादन गर्ने क्षमता राख्ने सेल्स एण्ड मार्केटिङ म्यानेजर गोविन्द रिमालले जानकारी दिए ।

एएसी ब्लब हलुङगो तथा उच्च सेलर निर्माण सामग्री भएको रिमालले बताए । सिमेन्ट, बालुवा, लाइम, आल्मिना, जिप्सम र पानीको मिश्रणबाट एएसी ब्लक बन्छ । बजारमा पाइने निर्माण सामग्री मध्ये सबैभन्दा विश्वासिलो एएसी ब्लक रहेको कम्पनीको दावी छ । अन्तर्राष्ट्रियस्तरको निर्माण सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन एरोब्रिक्स कम्पनी सफल रहेको रिमालले बताए । एरो ब्रिक्स कम्पनीले एरोलाइट ब्राण्डमा ब्लक उत्पादन गर्दै आइरहेको छ ।

निर्माणका लागि बनाइएको हलुक पूर्वनिर्धारित भवन निर्माण सामग्री एएसी हो । जुन प्रविधि संसारभर प्रयोगमा रहेको रिमालले जानकारी दिए । ‘एरोलाइट एएसी ब्लकबाट बनाइएको संरचना अग्नी प्रतिरोधी, ध्वनी प्रतिरोधी भित्ता तथा पर्खाल निर्माणका लागि उपयुक्त हुन्छ,’ उनले भने, ‘साधारण माटोको इट्टा वा सिमेन्ट ब्लकको तुलनामा एरोलाइट एएसी ब्लक झण्डै ३ गुणा कम तौलको हुन्छ । यसबाट निर्मित भवत तथा पर्खालहरु भूकम्पीय कम्पनमा अन्य निर्माण सामग्रीको भन्दा बढी सुरक्षित तथा कम खर्चिलो हुन्छ ।’

एएसी ब्लक पूर्ण रुपमा प्राकृतिक सामग्रीहरुको मिश्रणबाट उच्च प्रविधि प्रयोग गरी बनाइएको हुँदा वातावरणमैत्री रहेको उक्त अवसरमा बताइयो । हलुका निर्माण सामग्री भएकाले पोखरा आसपासका लागि एएसी ब्लक बढी उपयोगी रहेको रिमालले बताए । ९ महिनाको अवधिमा २ सय भन्दा बढी आवास तथा औद्योगिक भवनहरुको निर्माण भइसकेको रिमालले बताए ।

एरोलाइट एएसी ब्लकको आधिकारिक बिक्रेता पोखरा सभागृहमा रहेको होम स्विट होम हो । पोखरा तथा आसपासका क्षेत्रमा एरो लाइट एएसी ब्लकको माग दिनप्रतिदिन बढिरहेको होम स्विट होमका सञ्चालक सुजन जोशीले जानकारी दिए । हलुका वजन, भूकम्प प्रतिरोधी, ताप प्रतिरोधी, ध्वनि प्रतिरोधी, अग्नी प्रतिरोधी, ओस प्रतिरोधी, वातावरणमैत्री, छिटो छरितो निर्माण, पुनः प्रयोग दीगो निर्माण तथा अन्य निर्माण सामग्री र पैसाको बचत गर्ने विशेषता एरो लाइट एएसी ब्लकमा रहेको जोशीले बताए । घर तथा आवास, कार्यालय, औद्योगिक, व्याापरिक भवन, विद्यालय, कलेज, अस्पताल, गोदाम, तथा विशेष प्रकारका निर्माणहरु चिस्यानकेन्द्र, स्टुडियो, क्लबहरु तथा छोटो समयमा गरिने अस्थायी निर्माणका लागि ब्लक उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.