एशियन अटोमोवाइल्स हिरो मोटरसाइकल तथा स्कुटरको बिक्रेता

पोखरा, ४ असोज ।

हिरो मोटोकर्प लि. भारतबाट उत्पादित हिरो मोटरसाइकल तथा स्कुटरहरुको नेपालस्थित आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रा.लि.को पोखरास्थित आधिकारिक बिक्रेता एशियन अटोमोबाइल्स नयाँबजार पोखराले हिरो ब्राण्डका मोटरसाइकल तथा स्कूटरहरुको बिक्री शुभारम्भ गरेको छ ।

‘अद्भुत विशेषताहरुका साथ युवामय जोश र स्टाइलले भरिपूर्ण तथा सबैभन्दा बढी रुचाइएको सवारी साधनहरु १०० सिसीदेखि २०० सिसीसम्ममा उपलब्ध छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘दशैं, तिहारको उपलक्ष्यमा हिरो दशैं तिहार बन्नेछ हिरोमाञ्चक स्किम अन्तर्गत मोटरसाइकलमा विशेष छुट उपलब्ध छ ।’

स्किम अन्तर्गत पक्का डिस्काउण्ट ६ हजार रुपैयाँ तथा स्कुटरहरुमा ८ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ । साथमा स्क्रयाच कुपन मार्फत १ लाख रुपैयाँसम्मको नगद छुट कुपनबाट प्राप्त गर्न सकिने बताइएको छ । ‘हरेक १५ दिनमा एक लाख रुपैयाँको बम्परमा नगद छुट १ जना भाग्यमानी ग्राहकलाई पर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

स्कुटरमा प्लेजर, मेस्ट्रो, इडिजिई, डियुइटी तथा मोटरसाइकलहरुमा स्पेलेन्डर, सुपर स्प्लेण्डर, स्प्लेण्डर आई स्मार्ट, एचिभर, एक्स्टिम स्पोर्टस बजारमा उपलब्ध रहेको एशियन अटोमोवाइल्सका सञ्चालक किशनमान बुद्धाचार्यले जानकारी दिए ।

हालसालै प्रस्तुत भएको नयाँ अद्भुत र स्टाइलिस मोटरसाइकल एक्ट्रिम २०० आर २०० सिसीको एबिएस सिस्टमको आकर्षक डिजाईन र स्पोट्री हेडलाइट, ग्वाइड लाइट, स्पोट्री डिजिटल एनलग सूचना प्यानेल र आकर्षक डुअल टोन ग्राफिक्स र अलौकिक आकर्षण भएको २०० सिसीको एक्ट्रिम २०० आर मोटरसाइकलको मूल्य २ लाख ८६ हजार ५ सय रुपैयाँमा उपलब्ध रहेको विज्ञप्तिमा छ ।

बिक्री पछाडि हुने सेवामा विशेष ध्यान दिई दक्ष मेकानिक्सहरुद्वारा ९ पटक फ्रि सर्भिस तथा ५ वर्ष इन्जिन वारेन्टी प्रदान गरिनुका साथै इन्जिन आयल र स्पेयर सामानमा आकर्षक डिस्काउण्टको पनि व्यवस्था गरिएको एशियन अटोमोवाइल्सका सञ्चालक किशनमान बुद्धाचार्यले जानकारी दिए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...