एशियन फोरम मादी गाउँपालिकाको अध्यक्षमा गुरुङ

पोखरा, १० माघ । एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम) मादी गाउँपालिकास्तरिय भेलाले इन्द्र बहादुर गुरुङको अध्यक्षतामा ७ सदस्यीय मादी गाउँपालिका तदर्थ इकाई समिति गठन गरेको छ ।

समितिको सचिवमा अनु गुरुङ, कोषाध्यक्षमा नारायण गुरुङ र सदस्यहरुमा रोशन गुरुङ, योगेन्द्र गुरुङ, खड्ग गुरुङ र मोहन गुरुङ रहेका छन् ।
कार्यक्रम एशियन फोरम पश्चिमाञ्चल क्षेत्रिय समितिका सचिव कृष्णबहादुर रानाभाटको प्रमुख आतिथ्यतामा भएको थियो । उनले भेलालाई सम्बोधन गर्दै वैदेशिक रोजगारीबाट फर्कि आएकाहरुको सीप र ज्ञानको प्रयोग नेपाल मै गर्न सक्ने हो भने देशले चाँडो फड्को मार्ने वताए । नेपालमा विकासका लागि सम्भावना नै सम्भावना भएर पनि युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न नसक्दा देशको विकास हुन नसकेको वताए।

सो अवसरमा भिटोफ प्रदेश नं. ४ का अध्यक्ष रविन्द्रराज पौडेलले गाउँ पर्यटन प्रवद्र्धन गर्न स्थानियस्तर देखि केन्द्रसम्म आफ्नो संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम गरेको वताए ।

लामो समय वैदेशिक रोजगारीमा रहेर हाल मादी गाउँपालिका वडा नं. ३ याङ्जाकोटमा होम स्टे संचालन गर्दै आएका ईन्द्रबहादुर गुरुङले आफुहरु गाउँ मै स्वरोजगार भएर आन्तरिक पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने जमर्को गरेको अवस्थामा ग्रामिण पर्यटनलाई सबैले सहयोग गर्नु पर्ने वताए ।कार्यक्रममा भिटोफका तारानाथ पहारी, रमेश खत्री, याङ्जाकोट होम स्टेका अध्यक्ष रोशन गुरुङले गाउँमा स्वरोजगारका अवसर धेरै भएतापनि चुनैतीहरु पनि नै भएको वताए ।

You might also like

Comments are closed.