एशियाडमा जाने कराते टोलीलाई खेल सामाग्री प्रदान

पोखरा, १७ असार ।

इण्डोनेशियाको जार्कातामा हुने १८ औ एशियाली खेलमा नेपालका तर्फ बाट सहभागी हुने कराते खोलाडीलाई सम्झना ल्याब्रोरेटरी प्राली काठमाडौले खेल सामाग्री प्रदान गरेको छ ।

उक्त कम्पनीले करिब १ लाख ५० हजार रुपैयाँ बराबरको खेल सामाग्री खेलाडीलाई प्रदान गरेको हो । कम्पनीका प्रतिनिधी रबी महर्जन र कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले एक कार्यक्रमका बिच खेल पोशाक लगायत अन्य आवश्यक सामाग्री वितरण गरेका थिए ।
सो अबसरमा बोल्दै अध्यक्ष गुरुङले एशियाडमा पदको सम्भावना रहेको कराते खेलका लागि निजी संस्थाले सहयोग गर्नु स¥हानिय रहेको बताउँदै उनले अहिले पनि सुविधा दिने कुरामा राज्य बाट खेलाडी वञ्चित नै रहेको बताए । उनले जोड दिंदै भने–“खेलाडी संग पदकको कुरा मात्र गर्ने तर सुविधा बाट बञ्चित गर्ने काम भएको छ ।”

अहिले विभिन्न नाममा खेल आयोजना भइरहेको बताउँदै अध्यक्ष गुरुङले ति खेल आयोजना गर्नका लगि मात्र भएको बताए । उनले भने–“खेलाडीलाई सुविधा दिनु भन्दा पनि राज्यको ढुकुटी स्वाह पार्ने काम छ ।” उनले १८ औं एशियाडमा पदक ल्याउने खेलाडीलाई पुर्नताजगीका लागि पोखरा भ्रमण गराउने तयारी समेत भइरहेको बताए ।

कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले खेलाडीले सुविधा भन्दा पनि आत्मविश्वास र लगनशिलताका साथ खेल्नु पर्ने औल्याए । उनले भने “अहिले पनि एशियाडमा पदक ल्याउन तिन महिनाको तयारी गर्दै छौं यो समय अवधी भनेको ‘डु अर डाई’ कै स्थिती हो, यतिबेला आत्मविश्वासका साथ मैदानमा उत्रिने नै हो ।”

करातेका मुख्य प्रशिक्षक सोभितराज पर्साइले एशियाडमा जाने कराते टोलीलाई वातावरणिय हिसाबले प्रशिक्षण स्थलको रुपमा पोखरा छनौट गरेको जानकारी गराउँदै प्रशिक्षणका दौरान खेलाडीलाई पोखरामा सोचे भन्दा वढी नै सहयोग प्राप्त भएकोमा आभार प्रकट गरे ।

सम्झाना ल्याव्रोरेटरीका प्रतिनिधी रबी महर्जनले राष्ट्रिय कराते टोलीलाई हौसला स्वरुप केही खेल सामाग्री प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीले जेहेन्दार कराते खेलाडीलाई एकेडेमी मार्फत पूर्ण सुविधा सहित खेल्ने अवसर समेत प्रदान गर्ने जानकारी दिए । रबी महर्जन ८ औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक बिजेता समेत हुन् ।

एशियाडमा जाने करातेका खेलका ८ जना खेलाडी र २ जना प्रशिक्षक जेठ १ गते बाट पोखरामा प्रशिक्षणमा व्यस्त छन् । एशियाडमा जाने खेलाडीमा ५० केजीमा अनु अधिकारी, ६१ केजीमा सुनिता महर्जन, प्लस ६८ केजीमा रिता कार्की, सोनाम लामा ६० केजी, दिवश श्रेष्ठ माइनस ८४ केजी, चंचला दनुवार र परशुराम बास्तोला एकल कातामा रहेका छन् भने प्रशिक्षकमा राष्ट्रिय प्रशिक्षक हिरासिंह डंगोल र दिपक श्रेष्ठ छन् । उनीहरु अब चाँडै नै बैदेशिक प्रशिक्षणका लागि जाने मुख्य प्रशिक्षक सोभितराज प्रसाईले बताए ।

You might also like

Comments are closed.